‘होटल उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

‘होटल उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल उद्योगमा भएको लगानीको सुरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ । उहाँले होटलमा धेरै लगानी भएको बताउँदै अहिलेसम्म त्यस्तो लगानीको सुरक्षण राज्यले गर्न नसकेको बताउनुभयो । शुक्रवार राजधानीमा भएको एक कार्यक्रममा ढकालले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रिय एयरर्पोट बन्ने भएपछि धेरै होटल बनेको तर चल्न अहिले धौधौ परिरहेको बताउनुभयो ।

ढकालका अनुसार सरकारले राम्रोसँग एयरपोर्ट नचलाइदिँदा त्यहाँका होटलहरु समेत धराशायी बनिरहेका छन् ।  सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर काम गनुर्पछ । पर्यटनलाई अघि बढाउन हबाइ उडानहरु बढाउनुपर्छ । हबाइ उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उहाँको भनाइ छ ।

उद्योगी पवन गोल्यानले नेपालमा पछिल्लो समय होमस्टेहरु बनिरहेपनि प्रचारप्रसारको अभाव देखिएको बताउनुभयो । उहाँकाअनुसार विदेशमा भएका धेरै नेपालीले आफ्ना सन्तानलाई नेपालका होमस्टेहरुमा ल्याएर बसाल्न चाहन्छन् तर उनीहरुलाई कहाँ कहाँ होमस्टे छ भन्ने थाहै छैन ।

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टले आधारभुत पूर्वाधारको पर्याप्तता भएका क्षेत्रहरुमा पर्यटन प्रवर्द्धन सम्भव रहेको बताउनु भयो । उहाँकाअनुसार पर्यटक बढाउन बोर्डर, एयरपोर्ट, सडकहरु व्यवस्थित हुनुपर्छ । अहिले नेपालको धेरै क्षेत्रमा त्यो पुगिसकेकाले पर्यटन प्रवद्र्धन गर्न सम्भव रहेको उहाँको भनाइ छ ।

Leave a Reply