भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो ।

जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन काँग्रेस तयार रहेको उहाँको भनाइ छ । उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि माग्नुभयो ।

सभापति थापाले २००७, २०४६ र २०६३/६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उहाँले जेनजी युवाको भावना अनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गर्नुभयो ।

उहाँले अगामी दिनहरुमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply