दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले यसलाई देशले सामना गरिरहेको सबैभन्दा गम्भीर खतराको रूपमा वर्णन गर्नुभयो । केप टाउन सिटी हलमा संसदका दुवै सदनको संयुक्त बैठकमा ‘स्टेट अफ द नेसन’ (राष्ट्रका नाममा सम्बोधन) प्रश्तुत गर्ने क्रममा उहाँले सो घोषणा गर्नुभयो ।

उहाँले यस वर्ष सरकारको मुख्य प्राथमिकता प्रविधि, गुप्तचरी र एकीकृत कानून कार्यान्वयनका माध्यमबाट संगठित अपराध र आपराधिक गिरोहहरू विरुद्धको लडाइँलाई तिब्र्रता दिने रहेको कुरामा जोड दिनुभयो । अपराधको मूल्य गुमेको ज्यान र अन्धकार भविष्यका रूपमा चुकाउनु परिरहेको भन्दै उहाँले प्रहरीलाई सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बल परिचालन गर्न लागेको बताउनु भयो ।

राष्ट्रपतिले वेस्टर्न केप र गौतेङमा गिरोह हिंसा र अवैध उत्खननको समस्या समाधान गर्न आगामी केही दिनभित्र सुरक्षा बल परिचालन गरिने र यसका लागि रणनीतिक योजना तयार गर्न प्रहरी मन्त्री र रक्षा बललाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले यस वर्ष थप ५ हजार ५ सय प्रहरी अधिकारीहरू भर्ना गरिने, हतियार सम्बन्धी कानून कडा बनाइने र देशभरका आपराधिक गिरोहहरूलाई लक्षित गरी गुप्तचरी र बहु–विषय टोलीहरू परिचालन गरिने पनि बताउनु भयो ।

Leave a Reply