काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८ सय र त्यति नै चाँदीको मोल सात हजार तीन सय रूपैयाँ कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार तीन सय त्यति नै चाँदीको मोल ६ हजार ८ सय ७० कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





