अध्यक्ष ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

अध्यक्ष ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

काठमाडाैं ।  गत भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ । ओलीको बयान लिएसँगै आयोगले उहाँमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराउनु भएकाे हाे।

प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ।

 

Leave a Reply

ताजा समाचार