प्रधानमन्त्री सुशीला कार्की र ठूला तीन दलका शीर्ष नेताको छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

प्रधानमन्त्री सुशीला कार्की र ठूला तीन दलका शीर्ष नेताको छलफल

काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफल भएको छ । शनिवार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भएको हो ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी र राजनीतिक वातावरणबारे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै दलका नेताहरूलाई भेटेर छलफलको जानकारी गराउनुभएको थियो । गत पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीतल निवासमा भएको छलफलको निरन्तरतास्वरूप आजको बैठक आयोजना गरिएको हो ।

बैठकमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सुनिश्चित गर्न दलहरूबीच सहमति जुटाउने प्रयास हुने अपेक्षा गरिएको छ । जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा ठूला दलहरूको सहयोग र सहमति आवश्यक रहेको सरकारको भनाइ छ ।

Leave a Reply