प्रतिनिधि सभा निर्वाचन : समानुपातिक उम्मेदवारकाे बन्दसूची पेश आजदेखि शुरू | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

प्रतिनिधि सभा निर्वाचन : समानुपातिक उम्मेदवारकाे बन्दसूची पेश आजदेखि शुरू

काठमाडाैं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय शुरु भएको छ ।निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ ।

निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ । आयोगले सूचना निकालेर विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको हो ।

आयोगका अनुसार तयार गरेको बन्दसूची तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने छ । समानुपातिक तर्फको चुनावी प्रक्रियाका लागि आयोगले केन्द्रीय कार्यालय परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

यस्तै, फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावका लागि योग्य मतदाताको सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कायम भएका छन्  भने चुनावमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउनेछन् ।

चुनावका लागि १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको आयोगले यसअघि नै जनाइसकेको छ

Leave a Reply