फागुन २१ को निर्वाचनका लागि दश हजार नाै सय ६७ मतदानस्थल निर्धारण | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

फागुन २१ को निर्वाचनका लागि दश हजार नाै सय ६७ मतदानस्थल निर्धारण

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रूपमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन १६८ वटा नयाँ मतदानस्थल थप गरेको जनाएको छ ।

यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेका थिए । पुनरावलोकनका क्रममा प्रयोगमा नरहेका तथा अपायक परेका ९३ वटा मतदानस्थल खारेज गरिएको आयोगले जनाएको छ । मतदातालाई पायक पर्ने स्थानमा मतदानस्थल थप तथा समायोजन गरिएको हो ।

मतदानस्थल पुनरावलोकनका क्रममा नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, आवश्यक परे मतदातालाई नजिकको मतदानस्थलमा स्थानान्तरण गर्ने तथा साविककै अर्को मतदानस्थलमा समायोजन गरिएको आयोगले जनाएको छ । यसअघि आयोगले सार्वजनिक सूचनामार्फत दावी–विरोधका लागि आह्वानसमेत गरेको थियो ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समूहको जनसङ्ख्या प्रतिशतअनुसार राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोगका अनुसार समानुपातिक प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्न सक्नेछन् ।

Leave a Reply