गैरआवासीय नेपाली नागरिकता पायौँ तर चलेको छैन : डा. केसी | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

गैरआवासीय नेपाली नागरिकता पायौँ तर चलेको छैन : डा. केसी

काठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकत्ता पाएपनि नचलेको गुनासो गर्नुभएको छ । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले यस्तो गुनासो गर्नुभएको हो ।

गैरआवासीय नेपाली नागरिकता नचल्नु देशको कमजोरी भएको उहाँले बताउनुभयो । उहाँले आफूले दिएको कागज आफ्नै देशमा नचल्दा गैरआवासीय नेपालीहरुले आर्थिक कारोबार गर्न नपाएको बताउनुभयो । उहाँले जग्गाजमिन पास लगायतका काम प्रभावित भएको उल्लेख गर्नुभयो । यो समस्या छिट्टै समाधान गर्न उहाँले सरकारसंग आग्रह गर्नुभयो ।

उहाँले गैरआवासीय नेपाली संघले खडा गरेको एनआरएनए नेपाल डेभलभमेन्ट फण्ड कानूनको अभावमा सञ्चालनमा ल्याउन नसकेको बताउनुभयो । एक सय मिलियन डलरको उक्त फण्ड संचालनका लागि सामान्य निर्देशिका समेत सरकारले बनाउन नसकेको उहाँको आरोप छ । उहाँले वर्तमान सरकारले सानोतिनो निर्देशिकाहरु परिवर्तन गरेर यो संयुक्त लगानीको वातावरण अब छिट्टै बनाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।

उहाँले गैरआवासीय नेपाली संघमा आएको विभाजनका कारण गैरआवसीय नेपालीको मुद्दा नै कमजोर बनेको बताउनुभयो । विभाजनको विगत चार वर्षमा ठूलो समस्या भोगेको उल्लेख गर्नुहुँदै उहाँले सबैको अस्तित्व स्वीकार गरी अब कहिल्यै विभाजन नहुनेगरी एकता गरेको जानकारी दिनुभयो । उहाँले विभाजन गर्नै नमिल्ने गरी कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो ।

Leave a Reply