राष्ट्रपतिसमक्ष प्रदेश प्रमुख कर्णले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो । सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको थियो । साथै मन्त्रीपरिषद्को बैठकले सोमवार नै कर्णलाई नियुक्त गरेको थियो । कर्णले राष्ट्रपति पौडेलसँग मंगलवार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।

Leave a Reply