नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन : उपसंयोजक नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन : उपसंयोजक नेपाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै देश भ्रष्टाचार र कुशासनकाे चपेटामा परेकाे टिप्पणी गर्नुभएको हो ।

उहाँले समाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरुसँग पार्टी एकता गर्नुपरेको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गर्नुभयो ।

उहाँले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले विगतको वाम एकताको  प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गर्नुभयो ।

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।

Leave a Reply