बागमती प्रदेशसभाकी पूर्वसदस्य जोन्छेँको उपचारका क्रममा निधन | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

बागमती प्रदेशसभाकी पूर्वसदस्य जोन्छेँको उपचारका क्रममा निधन

काठमाडौं ।
नेपाली कांग्रेस महासमिति सदस्य एवम् बागमती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । शहीद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगायत नेताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।आजै भक्तपुरको हनुमानघाटमा जोन्छेँको अन्त्येष्टि गरिने छ । उनका तीन छोरा छन ।

Leave a Reply