जेन-जी आन्दोलनमा आगलागी भएको राष्ट्रपति निवासको निरीक्षणमा गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

जेन-जी आन्दोलनमा आगलागी भएको राष्ट्रपति निवासको निरीक्षणमा गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शितल निवासको निरीक्षण गर्नुभएको छ । क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार शितल निवास पुग्नुभएको हो ।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राष्ट्रिपति भवन शितल निवासको अगाडीको भवनमा आगजानी भएको थियो । यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गर्नुभएको छ ।

प्रहरी चौकी बालाजु पनि जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

Leave a Reply