आजदेखि शुक्रबारसम्म पानी पर्ने सम्भावना ,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बुधबार बिहानसम्म वर्षा र हिमपात हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

आजदेखि शुक्रबारसम्म पानी पर्ने सम्भावना ,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बुधबार बिहानसम्म वर्षा र हिमपात हुने

काठमाडौ ।
अहिले नेपालमा बंगालको खाडी र अरब सागरमा बनेका दुई न्यूनचापीय मौसमी प्रणालीको असर रहेको जलवायु विज्ञान विभागले जनाएको छ ।बंगालको खाडी र अरब सागरमा बनेका दुई न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि शुक्रबारसम्म नेपालमा वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरको प्रणालीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिम भागमा आजदेखि बुधबारसम्म वर्षा गराउनेछ भने बंगालको प्रणालीले विहीबारदेखि शनिबारसम्म मधेश र कोशी
प्रदेशमा पानी पार्ने छ । यी प्रणालीले पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा हुने र पहिरो जोखिम बढ्ने सम्भावना छ । यसले गत असोजमा पहिरोले क्षतविक्षत भएको कोशी प्रदेशका इलामलगायतका जिल्लामा बढी असर पर्न सक्ने र धान बालीमा पनि क्षति पु¥याउन सक्ने आशंका छ ।

यसबाट आगामी दिनहरूमा हिमाली भेगमा हिमपात हुनेछ र पोहोरजस्तो काला हिमाल देख्नुनपर्ने मौसमविदहरुको आकलन छ । यो प्रणालीले खेतिपातिमा सहयोग पुग्ने र प्रदूषणको मात्रा पनि केही हदसम्म घटाउने छ । महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिनअनुसार मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ ।

तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

Leave a Reply