जेन जी आन्दोलनका २२ सय घाइते उपचारपछि घर फर्किए, ३१ जना अझै अस्प्तालमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

जेन जी आन्दोलनका २२ सय घाइते उपचारपछि घर फर्किए, ३१ जना अझै अस्प्तालमा

काठमाडौं । जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू मध्ये हालसम्म ३१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक विवरण सार्वजनिक गरेको छ।

प्राप्त विवरणअनुसार देशभरका नाै अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ। काठमाडौँस्थित नेशनल ट्रमा सेन्टरमा सबैभन्दा बढी १० जना उपचाररत छन् भने अन्य अस्पतालहरूमा समेत घाइतेहरूको उपचार भइरहेको छ।

हालसम्म आन्दोलनका क्रममा अस्पतालमा आएका घाइतेहरूको कुल संख्या २,३१६ पुगेको छ। तीमध्ये २,२३६ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाको मृत्यु भएको छ। एम्बुलेन्स सेवा प्रयोग गरेका घाइतेहरूको संख्या ९४७ रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले उपचारमा संलग्न सबै अस्पतालहरूलाई आवश्यक सहयोग पुर्‍याउन आग्रह गरेको छ।

Leave a Reply