थप उपचार पर्खिंदै पाँचथर बस दुर्घटनाका घाइतेहरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थप उपचार पर्खिंदै पाँचथर बस दुर्घटनाका घाइतेहरू

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला अस्पतालसहित अन्य दुई निजी अस्पतालमा पुर्‍याइएका घाइतेहरूमा रहेको चोट पटकको पूर्ण परीक्षण तथा उपचार हुन सकिरहेको छैन ।

तीनवटै अस्पतालका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारमा जुटे पनि अधिकांश घाइतेहरूको अवस्था गम्भीर हुनाले उपचार हुन सकिरहेको छैन । अधिकांश घाइतेहरू रगतपच्छे छन् । जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक व्यवस्थापन गरेरसमेत स्वास्थ्यकर्मीहरू घाइतेकाे उपचारमा जुटेका छन् ।

तर, अधिकांश घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने अवस्था देखिएकाे छ । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिकासमेत छन् । हालसम्म फिदिममा उपचाररत १२ जना घाइतेहरूलाई थप उपचारका लागि तराईका अस्पतालहरूमा रिफर गरिएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार घाइतेहरूलाई बाहिर जिल्लाका अस्पतालमा रिफर गर्न एम्बुलेन्ससमेत अभाव भएको छ । घाइतेहरूको उपचारका लागि हेलिकप्टरको प्रवन्ध गरिएको बताइए पनि हालसम्म हेलिकप्टर आइसकेको छैन । साेमबार बिहान ११ः३० बजे भएको बस दुर्घटनामा घाइते भएकामध्ये हालसम्म चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);