दक्षिण कोरियामा आयातित कारको बिक्री दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

दक्षिण कोरियामा आयातित कारको बिक्री दोहोरो अंकले बढ्यो

car

एजेन्सी,२५ माघ । सन् २०१८ को जनवरी महीनामा दक्षिण कोरियामा आयातित कारको बिक्री दोहोरो अंकले बढेको छ । गत महिना जर्मनीको लक्जरी मोडलका सवारीको मागमा भएको वृद्घिले बिक्री बढ्न टेवा दिएको कोरियाको अटोमोबाइल्स आयात तथा वितरक एशोसिएशन (केइडा)ले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

जनवरीमा २१ हजार ७५ ओटा विदेशी लक्जरी कारको बिक्री भएको थियो । गत महिनाको कार बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ४ प्रतिशत बढी हो । जनवरीमा जर्मनीको कार निर्माता कम्पनी मर्सिडिज बेञ्जका सर्वाधिक ७ हजार ५ सय ९ ओटा कारको बिक्री भएको थियो । त्यस्तै, जर्मनीकै बीएमडब्ल्यूका ५ हजार ४ सय ७ ओटा सवारी बिकेका थिए । विक्री भएका आयातित कारमध्ये ग्यासोलिन कारको अंश डिजेल कारको भन्दा बढी अर्थात् ५१ दशमलव २ प्रतिशत थियो ।

डिजेल कारको बिक्रीले भने कुल कार बिक्रीको ४० दशमलव ५ प्रतिशत भाग ओगटेको पाइएको छ । गत महिना बिकेका कुल आयातित कारमध्ये यूरोपेली मोडलले ७८ दशमलव ९ प्रतिशत बजार भाग ओगटेका थिए भने जापानीले १४ दशमलव ३ प्रतिशत र अमेरिकी मोडलले ६ दशमलव ८ प्रतिशत भाग ओगटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);