काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आईतवार बिहानैदेखि उल्लेख्य भीड छ ।
काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए । दशैँ, तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरु फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ ।
केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ ।
दशैँ मनाउन घर जान हिँडेका नागरिकहरुको तस्बिर आजको फोटो फिचरमा ।






