उपत्यकाबाट दशैँका लागि गाउँ जानेहरु लर्को | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

उपत्यकाबाट दशैँका लागि गाउँ जानेहरु लर्को

काठमाडौं, ३ कात्तिक । नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ ।

कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन् ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् ।

अझै यो संख्या दशमीको दिनसम्म नै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);