दशैँ मनाउन घर जानेहरुको बढ्याे चहलपहल | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

दशैँ मनाउन घर जानेहरुको बढ्याे चहलपहल

काठमाडाैं । राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।

यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरु बिदा भइसकेका छन् ।

विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरुको बसपार्कमा चहलपहल बढेको हो । गएका वर्षहरुमा यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष दशैँको टीका असोजको १६ गते रहेको छ ।

 

Leave a Reply