आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउनुभएको हो ।

उहाँले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताउनुभयो । उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । पुराना दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताउनुभयो ।

उहाँले पुराना पार्टीहरुमा अझै पनि पुराना नेताहरुकै उकुसमुकुस रहेको बताउनुभयो । आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख गर्नुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहनुभएका भट्टराईले २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गर्नुभयो ।

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले ने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।

Leave a Reply

ताजा समाचार