पार्टीको काममा फर्किए प्रचण्ड,क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

पार्टीको काममा फर्किए प्रचण्ड,क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन

काठमाडौ ।
भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टी काममा फर्किएका छन् । स्थिति सामान्य बन्न थालेसँगै उनी सोमबारदेखि पार्टी काममा फर्किएका हुन् । क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि धेरै क्षति पुगेको भन्दै अब छिट्टै नयाँ भवन बनाउने बताए।

उनले भने, ‘पार्टी कार्यालयमा ठुलो क्षति भएको देख्यौँ। तर पार्टीको माइन्युटहरु बचेको भन्ने कुरा सुनेँ। केही कम्प्युटर र लाइबेरी पनि बचेको रहेछ। त्यो बचाउन भूमिका खेल्ने साथीहरूलाई धन्यवाद दिन्छु। युवा साथीहरूले दुई दिनमै सफाइ गरिसक्नुभएको रहेछ। क्षति पुग्यो अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टीपंक्तिको सहयोगमा बनाइनेछ।’

२३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए । तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । यस्तै पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न केही दिनमा पदाधिकारी बैठक बोलाउने उनले तयारी गरेका छन् ।

Leave a Reply