त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । हिजाे (मंगलबार) बन्द गरिएको विमानस्थल अर्काे सूचना जारी नभएसम्मका लागि बन्द भएकाे विमानस्थल कार्यालयले जनाएकाे हाे ।

विषम परिस्थितिका कारण  विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।

यसअघि विमानस्थल आज १२ बजेसम्मका लागि बन्द गरिएकाे थियाे । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

Leave a Reply