मंसिर महिनाभित्र ग्याँसकाे परीक्षण उत्पादन गर्न प्रधानमन्त्रीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

मंसिर महिनाभित्र ग्याँसकाे परीक्षण उत्पादन गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित ढंगले काम शुरु गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । काम गर्दै जाऔँ, चल्ते चलाते जति हुन्छ भन्ने हिसाबले काम गर्दा कतै नपुगिने उहाँको भनाइ छ ।

मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले युगान्तकारी कामहरु कसरी छिटो सम्पन्न गर्ने भन्ने हिसाबले योजनावद्ध रुपमा अघि बढ्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । उहाँले मिथेन ग्याँस उत्खनन गरी परीक्षण उत्पादन आगामी डिसेम्बरभित्र सम्पन्न गर्नेगरी काम थाल्न निर्देशन दिनुभयो ।

उहाँले कुन उत्खनन कम्पनीसँग काम गर्दा छिटो हुन्छ, त्यसैअनुसार ठेक्का गरेर अघि बढ्न निर्देशन दिनुभयो । त्यसका लागि काठमाडौंमा कहाँ कहाँ ट्याङ्की राख्ने भन्ने बारेमा योजना बनाएर अघि बढ्नुपर्ने उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले चल्नसक्ने उद्योगहरु सञ्चालन गर्न र फलाम खानीहरु पनि छिटो सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

 

Leave a Reply