एजेन्सी,२३ माघ । अमेरिकी शेयर मूल्यमा दश वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । अमेरिकी शेयर मूल्यमा ११ सय ७५ अंकले गिरावट आएको हो । यो गिरावट एक दशकअघिको आर्थिक संकटयताकै सबैभन्दा ठूलो गिरावट अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ४ दशमलव ६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको सोमवारको कारोबार बन्द भएको थियो ।
यसअघि सन् २००८ मा शेयर मूल्य ७ सय ७७ दशमलव छ आठ अंकले घटेको थियो । ह्वाइट हाउसले शेयर मूल्यमा गिरावट चिन्ताजनक भएपनि मुलुकको आर्थिक अवस्थाप्रति ढुक्क आफू रहेको बताएको छ । ह्वाइट हाउसका एकजना प्रवक्ताले शेयर बजारमा बेलाबखत उथलपुथल हुनु स्वभाविक भएको बताएका छन् ।




