सरकार 'स्थिर कर नीति'को पक्षमा रहेकाे अर्थमन्त्रीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

सरकार ‘स्थिर कर नीति’को पक्षमा रहेकाे अर्थमन्त्रीकाे दाबी

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उपप्रधानमन्त्री पाैडेलले उपभोक्ता र व्यवसायीहरु सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गर्नुभयो । उहाँले करका नीतिहरु अप एण्ड डाउन भइरहन्छन् की भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो ।

करको दायरा भने बढाउन जरुरी रहेको उहाँकाे भनाइ छ। सरकार मुलतः एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा रहेको बताउनुभयो । त्यही हिसाबले आगामी आर्थिक वर्षको बजेट ल्याएको उहाँको दाबी छ ।

उपप्रधानमन्त्री पौडेलेल जलविद्युतको उत्पादन प्रवद्र्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरुले विगतमा गरेको बताउनुभयो । उहाँले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न अनुकुल नीतिहरु नै ल्याउने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार