काठमाडाैं । त्रिभूवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बुधबार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिनुभयो । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।
कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई बुधबार नियुक्त गर्नुभएको थियो ।





