संघीय निजामती सेवा विधेयक-२०८० बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

संघीय निजामती सेवा विधेयक-२०८० बहुमतले पारित

काठमाडाैं । संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव पव्रस्तुत गर्नुभएको थियो । जसमाथि छलफल भइ मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो ।

मन्त्रीले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

Leave a Reply