काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुरु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बैठक शुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ ।
पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भइ अदालतले ३५ लाख धरौटीमा रिहा गरेको विषयमा पनि पार्टीमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताइएको छ ।





