भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो हाे : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो हाे : सभापति देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताउनुभयो ।

सभपति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनुभयो ।

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताउनुभयो ।

Leave a Reply