काठमाडाैं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले बजेटसँग सम्बन्धित विधेयकहरू सदनबाट पास नभईकन अर्थ समितिमा छलफल हुनु विधिसम्मत नभएको भन्दै आपत्ति जनाउनु भएको छ ।
बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले सुनचाँदीका गरगहना, ग्याविन वायर र आयुर्वेदिक औषधिमा मूल्य अभिवृद्धि कर (भ्याट) को विषयमा छलफल गर्नु अनुचित रहेको बताउनुभएको हो ।
करका दरहरू प्रस्तावित भइसकेको उल्लेख गर्दै सांसद थापाले आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नरहुने बताउनुभयो । उहाँले बस्तुहरुमाथि लगाइएको कर लगानीकर्ता र उत्पादकहरुले नभई उपभोक्ताले तिर्ने भएको कारण उत्पादक कम्पनीहरुसँग छलफल गर्नुको सार्थकता नरहेको समेत बताउनुभयो ।
समिति बैठकमा बुधवार आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि कर तथा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा गरेको हो ।





