बजेट विनियोजनको निष्पक्षता जाँच्न संसदीय समिति बनाउन काँग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

बजेट विनियोजनको निष्पक्षता जाँच्न संसदीय समिति बनाउन काँग्रेसको माग

काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै संसदमार्फत छानविनको माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले विनियोजन प्रक्रिया ठीक छ कि छैन भनेर छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभयो । उहाँले बजेट विनियोजन ठिक भए/नभएको अध्ययन गर्न संसदीय समिति बनाउनुपर्ने नभए सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाउनुपर्ने माग गर्नुभयो । बजेट मनोमानी ढंगले विनियोजन उहाँले खेद समेत व्यक्त गर्नुभयो ।

सांसद केसीले बजेट वितरणमा समान व्यवहार नभएको उल्लेख गर्दै मन्त्री र शिर्ष नेताहरूको जिल्लामा परेको बजेट र अन्य जिलाहरुमा परेको बजेटबीच तुलना गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply