नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबलको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबलको सम्पूर्ण तयारी पूरा

२०८२,२,७

पोखरामा हुने नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता भोलिदेखि पोखराको कवर्डहलमा हुने छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल भलिबल संघले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। संघको आयोजनामा पहिलो पटक मोफसलमा हुन लागेको पीएम कप एनभीए भलिबल प्रतियोगिताको पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश भलिबल टिम, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लव बुटबल गरी जम्मा ८ टिम सहभागी हुने छन्।

महिलातर्फ नेपाल पुलिस क्लव, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब बुटबल र कर्णाली प्रदेश भलिबल टिम सहित ६ टोली सहभागी छन। हरेक टिममा ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने यो प्रतियोगिताको प्रथम पुरस्कार ८ लाख छ। त्यस्तै दोस्रो हुनेले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी पुरस्कार ५० हजार राखिएको छ।

व्यक्तिगत विधातर्फका खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन्। ९० लाख रूपैयाँ अनुमानित लागतमा हुन लागेको प्रतियोगिताको पुरस्कारतर्फको खर्च ३२ लाख छ। नेपाल भलिबल संघको आयोजनामा भइरहेको यो प्रतियोगिताको सहयोगी संस्थाको रूपमा गण्डकी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, टाइगर ग्रुप अफ पोखरा, गण्डकी भलिबल संघ र कास्की जिल्ला भलिबल संघ जस्ता थुप्रै संघसंस्था सहभागी छन्।

२०७४ साल जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषण भएका कारण जेठ ८ लाई भलिबल संघले भलिबल डे को रूपमा मनाउँदै आएको छ।

Leave a Reply