प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित

जेठ ०६ मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आज बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।
स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताए ।

प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो ।बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

Leave a Reply