आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

२०८२,२,१

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । परिवार र परिवार लक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुर्व्यवहार रोकथाम उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

अबको ६ महिनापछि कतारमा दिगो विकाससम्बन्धी परिवारमुखी नीतिहरूः सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन आयोजना हुँदैछ । यो सम्मेलनले दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा प्राप्त गर्न परिवारहरूको भूमिकालाई जोड दिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

Leave a Reply