पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

फागुन २३ शुत्रबार ।
मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको हो ।

झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।

महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो । मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन थालेको महानगरले जनाएको छ ।भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।

 

 

Leave a Reply

ताजा समाचार