फागुन १५ बिहिबार ।
कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच विराटनगरमा झडप भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा दुई पक्षबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघ जिल्ला सभापति पोखरेलमाथि कुटपिट भएको हो ।
झडपमा परेर नेविसंघ सभापति सरोज पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता हुन् । तर, उनीहरूको गुट फरक छ ।कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् ।
क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहारीले जनाएको छ ।




