पौष १२ शुक्रबार
नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको हो । कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
नमस्ते रेमिट नयाँ बानेश्वरमा रहेको थियो भने मोडर्न कमलपोखरी र भाटभटेनी कान्तिपथमा रहेको छ ।
यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ प्रथम संशोधनसहितको विनियम(१३ को उप(विनियम ५ बमोजिम खारेज गरिएको हो । राष्ट्र बैंकले खारेज गरेका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरिएको छ।