हुम्लामा हिमपात, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

हुम्लामा हिमपात, जनजीवन प्रभावित

पौष ९ मंगलबार
हुम्लामा हिमपात भएको छ । हिजो दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात शरू भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए।यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ ।

जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);