२०८१,०८,०५
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताएका छन ।काठमाण्डौमा आज आयोजित विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने बताए।
मन्त्रालय सञ्चालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानूनी व्यवस्था नरहेको उनको भनाइ छ । उनले भने ,’नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईँहरूले जिताइदिएपछि पुगिहाल्यो , मन्त्रालय चलाउन यति अनुभव, योग्यता चाहिन्छ भन्ने कुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि मन्त्री भइहाल्यो । हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन । खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यहीभित्र पर्छुजस्तो लाग्छ । मैले सञ्चारको धेरै कुरा नै बुझेको छैन । म जे गर्छु, नागरिकका लागि गर्छु ।’
नेपाली समाज ढोङ्गी रहेको पनि मन्त्री गुरुङले बताए । नेताहरू जता गयो त्यतैको भाषा बोल्ने समस्या रहेको भन्दै उनले नेपालमा लोकरिझ्याइँको राजनीति फस्टाउँदै गएको बताए ।