वर्षमा एक दिन खुल्ने हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

वर्षमा एक दिन खुल्ने हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला

२०८१,६,२५
वर्षमा एक दिन खुल्ने काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला भएको छ । वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र तलेजु भवानीको मन्दिर खुल्ने गर्छ । आज बिहान ४ बजेदेखि नै तलेजुका मन्दिरहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका तलेजु मन्दिर आजकै दिन खुला गरिन्छ । आजका दिन तलेजुको दर्शन गर्न सर्वसाधारणको भीड लाग्ने गर्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ ।

दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ । आज कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लैजाने परम्परा पनि छ । आज नेवार समुदायले घरघरमा कुमारी बालिकालाई मयूर आसनमा राखेर कुमारी पुजा गर्छन् ।

Leave a Reply