काभा महिला क्लब च्याम्पियसिप भलिबलमा नेपाल पुलिस क्लबको लगातार पाँचौं जित | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

काभा महिला क्लब च्याम्पियसिप भलिबलमा नेपाल पुलिस क्लबको लगातार पाँचौं जित

२०८१,६,५
नेपाल पुलिस क्लबले काभा महिला क्लब च्याम्पियसिप भलिबलमा लगातार पाँचौं खेलमा जित दर्ता गरेको छ ।माल्दिभ्समा जारी प्रतियोगितामा माल्दिभ्स पुलिस क्लबलाई नेपाल पुसिल क्लबले ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै तेस्रो सेटमा २३–२५ ले गुमाएको थियो । चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै पुलिसले तीन अंक हासिल गर्न सफल भयो । यसअघि नै फाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को तथा चौथो खेलमा माल्दिभ्सको वाम्को क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसले पाँच खेलबाट १४ अंक जोड्दै अपराजित रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);