१६ जना राजदूतको नाम पारित, दुई सांसदको असहमति | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

१६ जना राजदूतको नाम पारित, दुई सांसदको असहमति

२०८१,६,३
संसदीय सुनुवाई समितिले सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका १६ जना राजदूतको नाम पारित गरेको छ । सरकारले विभिन्न देशको लागि १७ जनाको नाम प्रस्ताव गरेकोमा समितिले १६ जनाको नाम पारित गरेको हो ।बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्ययोजना र भनाइ सुनेर निर्णय लिइएको बताए ।

उनले समितिमा छलफल गरी १६ जना राजदूत बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा.कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा.नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको बताए।

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताए। उनले समावेशीता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताए।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);