प्रधानमन्त्री ओलीसँगै अमेरिका जाँदैछन् यी तीन युवा नेता | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

२०८१,६,१
संयुक्त राष्ट्र संघले पहिलो पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ मा सहभागी हुने नेपाल तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन्।
नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित यूएनको आवासीय प्रतिनिधिको कार्यालयबाट छनोट गरेर नेपालका तीन युवा न्युयोर्क जान लागेका हुन्।

सहभागी हुनेमा डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भरत बडायर जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँले समिट अफ द फ्युचर समिटमा सहभागिता जनाउन लागेका हुन्। उनीहरुले समिट अफ द फ्युचरमा नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने छन्।

Leave a Reply

ताजा समाचार