प्रतिनिधिसभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै

 

२०८१,५,२६
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले विधायनसम्बन्धी विधेयक २०८१ पारित गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहित विधेयकमाथि छलफल हुनेछ। त्यसपछि कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक राष्ट्रियसभाले गत फागुन ११ गते पारित गरी प्रतिनिधिसभामा पठाएको हो। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

बैठकमा प्रधानमन्त्री के।पी। शर्मा ओलीका तर्फबाट राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश हुनेछ।

Leave a Reply