विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने होइनः सांसद गौतम | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने होइनः सांसद गौतम

भाद्र १२, २०८१ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सो आपत्ति जनाउनुभएको हो । उहाँले समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलका क्रममा उहाँले मस्यौदा बनाउने जिम्मा कानून आयोगको भएपनि साउन ३२ गते संसदमा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट गर्ने जिम्मा पायोनेल ल अशोसिएटले गरेको पाएको भन्दै आपत्ति जनाउनु भयो ।

समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरु उठेको बताउनु भयो ।
उहाँले परिमार्जनका लागि छलफल नै उपयुक्त माध्यम हुने पनि बताउनु भयो ।

Leave a Reply