भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राख्नुहुन्नः हितराज पाण्डे | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राख्नुहुन्नः हितराज पाण्डे

भाद्र १२, २०८१ बुधबार

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राख्नुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति जनाउनुभएको हो । प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

उहाँले कडा कानून बनाएर भ्रष्टहरुलाई कारबाही गर्न पनि सरकारलाई दबाब दिनुभयो । प्रमुख सचेतक पाण्डेले जनताले अनुभुति हुनेगरी सरकारले सुशासनको पक्षमा काम गर्नुपर्ने आवश्यक्ता पनि औैंल्याउनु भयो ।प्रमुख सचेतक पाण्डेले सहकारी पीडितहरुलाई न्याय दिने काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।

Leave a Reply