सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक

भाद्र १०, २०८१ सोमबार

गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ ।दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने  र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताउनु भयो ।

गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताउनु भयो ।त्यस अवसरमा गृहमन्त्री लेखकले जनताको सेवा प्रदानमा कुनै पनि कमी,कमजोरी नहुनेगरी काम गर्न पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी काम, कारबाहीबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply