दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति ,२७ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति ,२७ राजमार्ग अवरुद्ध

दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति पुगेको छ भने २७ राजमार्ग अवरुद्ध छन्।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्।

अझै पनि २७ राजमार्गमा बाढी र पहिरोले यातायात ठप्प भएको छ। सवारीसाधन र यात्रु बाटामै रोकिएका छन्। अवरुद्ध भएकामध्ये केही राजमार्ग सञ्चालन गर्न चार(पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा तीन वटा राजमार्ग अवरुद्ध छन्। बाढीले संखुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन्। त्यस्तै, पहिरोले सुनसरीको चतरा(बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ।

पहिरोले बागमती प्रदेशका ६ वटा राजमार्गमा क्षति पुर्‍याएको छ। रसुवाको स्याफ्रुबेसी(थाम्बुचेत राजमार्ग खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी(काठमाडौं(हेटौंडा, भीमफेदी(काठमाडौं र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ। बाढीले मनाङमा चाम(बेंसीशहर, पहिरोले म्याग्दीमा बेनी(दरवाङ र बेनी(जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासी ९पूर्व०मा कालीगण्डकी करिडोर बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

पर्वतमा मालढुंगा(बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्।

यसैगरी, लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ। पहिरो पन्छाएर केही सडक सञ्चालनमा आएका छन् भने अधिकांश पूर्ण रूपमा अवरुद्धflood_1.jpg छन्।

flood_2.jpg

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);