जर्मनीमा राष्ट्रपति रामचन्द्र पौडेललाई गार्ड अफ अनर | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

जर्मनीमा राष्ट्रपति रामचन्द्र पौडेललाई गार्ड अफ अनर

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरसँग बर्लिनस्थित राष्ट्रपति भावनमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले आपसी सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको हो ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा गएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने उल्लेख गर्नुभयो ।

नेपाल दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको भन्दै राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गनूृृभयो ।

द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तरराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको बताउनु भयो ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसको लागि नेपाललाई स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनु भयो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो ।

दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो । स्वीटजरल्यान्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर शनिबार जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेल बुधबार नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);